स्राेत नखुलेको नगद १० लाख ५ हजार रुपैयाँ सहित पक्राउ

शुक्रबार, जेष्ठ ९, २०७७



रौतहट । ईशनाथ नगरपालिका-९ दुर्गामन्दिरस्थित सडकबाट श्रोत नखुलेको नगद १० लाख ५ हजार रुपैयाँ सहित बारा सिम्रौनगढ नगरपालिका-७ बस्ने २५ वर्षीय सुकुरुल्लाह अन्सारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट ना.५४ प २११६ नम्बरको मोटरसाइकल समेत प्रहरीलेबरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments