श्रीमानलाई खुकुरी प्रहार गर्ने श्रीमती पक्राउ

शुक्रबार, जेष्ठ ९, २०७७



सोलुखुम्बु । सोलुखुम्बुमा आफ्नै श्रीमानालाई खुकुरी प्रहार गरेको आरोपमा १ महिला पक्राउ परेकी छिन् । जिल्लाको सोताङ गाउँपालिका बस्ने ४६ वर्षीया परीमाया राई आफ्नै श्रीमानलाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेकी हुन् ।

उनले बिहीबार दिउँसो साढे ३ बजे घरमा बसिरहेका ४५ बर्षीय श्रीमान् प्रताप सिंह राईकाे टाउकोमा खुकुरी प्रहार गरेकी थिइन् ।

खुकुरी प्रहारबाट घाइते भएका प्रतापको स्थानीय प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । मदिरा खाएर घरमा आएकी परीमाया श्रीमानलाई खुकुरी प्रहार गरी फरार भएकी थिइन् ।

तत्काल प्रहरीमा खबर हुनासाथ उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments