प्रहरीलाई हातपात गरेको अभियोगमा एक युवक पक्राउ

बिहिबार, जेष्ठ ८, २०७७



बाँके । प्रहरीलाई हातपात तथा कुटपिट गरेको अभियोगमा नेपालगंज उपमहानगरपालिका- २१ बस्ने ३० वर्षीय दुर्गेस ठाकुरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित पुरैनिमा जग्गा सम्बन्धी विवादमा संलग्नहरुलाई सम्झाई बुझाई गरी फर्किएको प्रहरी टोलीलाई देखेर सोही ठाउँस्थित आँप बगैंचामा तास खेलिरहेका एक व्यक्ति आफै भाग्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको भन्दै स्थानियले प्रहरीमाथि हातपात र कुटपिट गर्दा प्रहरी चौकी तेलियनपुरमा कार्यरत एक प्रहरी जवान समेत घाइते भएका थिए ।

लडेर घाइते भएका स्थानीयको भेरी अस्पताल नेपालगंजमा सामान्य अवस्थामा उपचार भइरहेको छ भने घाइते प्रहरी जवान नर्सिंङहोम नेपालगंज बाँकेमा उपचार पश्चात डिस्चार्ज भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments