“प्रेस कार्ड बोकी चोरी गर्ने दुई जना पक्राउ”

बुधबार, जेष्ठ ७, २०७७



काठमाडाैं । विश्वब्यापी कोरोना भाईरस को महामारीको अवस्थामा “प्रेस कार्ड बोकी चोरी गर्ने दुई जना पक्राउ परेका छन ।  पक्राउ पर्नेहरूमा  जिल्ला सुनसरी ईटहरी उ.मा.न.पा. वडा न १४ घर भइ हाल    काठमाण्डौं धुम्बाराही वस्ने  २१ वर्षीय आश्रय रिजाल हिमाल, हम्मे भन्ने हिमाल रसाईली  र   बारा जिल्ला बड्की फुलबारी गा.पा. ३ घर भइ
काठमाण्डौं ओमबहाल बस्ने २८ वर्षीय अलि आलम मिया रहेका छन ।

लकडाउनको मौका छोपी  रात तथा दिनको समयमा बिगत केही समय देखी काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न स्थानमा चोरीका घटनाहरु घट्दै गएकोमा त्यस्ता चोरीका घटनालाई नियन्त्रण गर्नाको लागी यस महाशाखा तथा महानगरिय प्रहरी बृत्त गौशालाबाट चोरी तथा लुटपाट घटना नियन्त्रण २०७७ अनुरुप खटिएको संयुक्त प्रहरी टोलीले गस्ति निग्रानी गर्ने क्रममा उनीहरू पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

साथै अनुसन्धानको क्रममा प्राप्त भएको CCTV  फुटेजलाई अध्ययन गर्दा चोरी गर्ने क्रममा CCTV मा देखिएको Avenger रोकी सोधपुछ गर्ने क्रममा निज चोरीमा संलग्न ब्यक्तिहरुले प्रहरीबाट उम्कन AP1 टेलिभिजनको प्रेसकार्ड देखाई आफुलाई पत्रकार हो भनि समेत बताएको र निजको झोला चेक गर्दा चोरी गरेका बिभिन्न ब्राण्डका laptop ,CANON  क्यामेरा , नगद रु ५३,०००र अमेरिकन डलर ३००र चाईनिज युयान २००र धारिलो हतियार समेत फेला परेको प्रहरीले जनाएकाे छ ।

बरामद सामानहरु:-
1) Apple कम्पनीको ल्यापटप १
2) Apple कम्पनिको I pad थान २
3) मोवाईल बिभिन्न ब्राण्डका ६
4) धारिलो हतियार ३ थान
5) प्रोजेक्टर थान २
6) Canon क्यामेरा १
7) बा.२७ प.९४९० नम्बरको Avenger मो.सा. थान १
8) AP1 को प्रेस कार्ड

press

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments