घन प्रहार गरी हत्या गरेको अभियोग चार जना पक्राउ

आइतवार, जेष्ठ ४, २०७७



कास्की । घन प्रहार गरी हत्या गरेर शव गाडेको अभियोगमा ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१४ समिनतारा बस्ने २१ वर्षीय ज्ञान बहादुर परियार, सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोर र बाग्लुङ घर भएका १९ वर्षीय सागर परियार रहेका छन् ।

ज्ञान बहादुरले करिब १ महिना अगाडि सोही ठाउँ बस्ने २२ वर्षीय बिमल रानाभाटलाई घनले हानी हत्या गरेर आफ्नै घर पछाडि बारीको डिलमा गाडेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरु ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ गरी शनिबार बिहान उत्खनन गरेर हेर्दा शव सडेको अवस्थामा फेला परेको हो । घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धान तथा कारवाही अघि बढाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments