विभिन्न हातहतियार तथा मृगको मासु सहित चार जना पक्राउ

बुधबार, बैशाख ३१, २०७७



कास्की । पोखरा महानगरपालिका-३१ बिनेरीकुनाबाट भरुवा बन्दुक १ थान, सोको गोली १ थान, म्याग्जिन १ थान र मृगको मासु ६ केजी सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-३१ बिनेरीकुना बस्ने ५४ वर्षीय आईते पोडे, ३८ वर्षीय राज कुमार पोडे, २७ वर्षीय सरल न्यौपाने र ३९ वर्षीय गणेश गौतम रहेका छन् । आईतेको घरमा मृग मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उनीहरुलाई मृगको मासु भाग लगाई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै आईतेको घरबाट लुकाईछिपाई राखेको उक्त हातहतियार समेत प्रहरीले बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments