एम्बुलेन्समा यात्रु ओसारपसार गर्ने दुई जना पक्राउ

सोमवार, बैशाख २९, २०७७



बारा । एम्बुलेन्समा यात्रु ओसारपसार गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बिश्रामपुर गाउँपालिका-२ बस्ने २४ वर्षीय राजन पटेल र सोही गाउँपालिका-३ बस्ने २७ वर्षीय अनिल पटेल रहेका छन् ।

कोरोना भाइरस (कोभिड-१९) का कारण देशभर लकडाउन भैरहेको अवस्थामा उनीहरुले बिरामी बोक्ने अन टेष्ट लेखिएको एम्बुलेन्समा यात्रु बोकी ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान पश्चात जिल्ला प्रशासन कार्यालय बारामा पेश गरिएकोमा उक्त कार्यालयको आदेशले राजन पटेल ७ हजार रुपैयाँ र अनिल पटेल २८ हजार रुपैयाँ धरौटी राखि तारेखमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments