भरुवा बन्दुक र मृत कालिज सहित पक्राउ

सोमवार, बैशाख २९, २०७७



सोलुखुम्बु । सोताङ गाउँपालिका-३ पोक्चमबाट भरुवा बन्दुक १ थान, मृगको मासु २ केजी र मृत कालिज सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रदिप राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिकास्थित सोल्पा नागीयाङ सामुदायिक वनबाट शिकार गरी घरतर्फ फर्कने क्रममा राईलाई ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीसँगै रहेका सोही ठाउँ बस्ने २५ वर्षीय दिपक राई प्रहरीलाई देख्नासाथ फरार भएकोले प्रहरीले उनको खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments