भारतीय दूतावास र माइतीघर मण्डलाबाट भारतीय बिस्तारवादको विरोध गर्ने विद्यार्थी पक्राउ

शनिबार, बैशाख २७, २०७७



काठमाडौँ । नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा उत्रेका सत्तारूढ दल नेकपा निकटअनेरास्ववियूका  विद्यार्थी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

शुक्रवार भारतीय गृहमन्त्री राजनाथ सिंहले धार्चुला लिपुलेक लिंक रोडको उद्घाटन गरे लगत्तै नेपालमा त्यसको चौतर्फी विरोध भएको छ । त्यसको विरोधमा उत्रेका विद्यार्थी नेताहरू भारतीय दूतावास नपुग्दै प्रहरीले पक्राउ गरेको छ । त्यस्तै माइतीघर मण्डलामा कालो झन्डा लिएर विरोधमा उत्रिएका विद्यार्थीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

arrest

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार ३५ पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको बताए । एसएसपी ज्ञवालीले माइतीघर(बबरमहल क्षेत्रबाट १२, लैनचोर क्षेत्रबाट १६, डिल्लीबजारबाट ३ र कालीमाटीबाट ५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments