विप्लपका केन्द्रिय सदस्य शर्मा पक्राउ

मङ्लबार, बैशाख २३, २०७७



काठमाडौं । प्रतिबन्धीत नेत्र विक्रम चन्द समूहका केन्द्रिय  सदस्य अनिल शर्मा पक्राउ परेका छन । प्रहरीको विशेष टोलीले उनलाई चितवनबाट पक्राउ गरेको हो ।

शर्मा यस अघि पार्टी पोलिटब्यूरो सदस्य र पूर्वी कमाण्ड इन्चार्जको जिम्मेवारीमा थिए। पोलिटब्यूरो विघटना भएपछि केन्द्रीय सदस्य एवं पार्टीको प्रकाशन विभागको जिम्मेवारीमा रहेको जनाइएको छ । चितवनको रत्ननगर वडा नं ५ घर भएका नेता शर्मा भर्‍याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्‍‍याएका थिए । उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । यसबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments