अवैध लागूऔषध सहित चार जना पक्राउ

मङ्लबार, बैशाख २३, २०७७



काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका-९ खबासबस्तीबाट अवैध लागूऔषध गाँजा १ केजी ३ सय ५० ग्राम सहित ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने २३ वर्षीय रंजन बिष्ट,किर्तिपुर नगरपालिका(७ घर भएका २६ वर्षीय मिलन तामाङ, १९ वर्षीय सुनिल तामाङ लगायत ४ जना रहेका छन् । महानगरीय प्रहरी प्रभाग मच्छेगाँउबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments