प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

मङ्लबार, बैशाख २३, २०७७



रौतहट । प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको अभियोगमा राजपुर नगरपालिका-५ बस्ने ५० वर्षीय राजकिशोर भाट मालीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादमा राजकिशोर र छिमेकीबीच झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरीले सम्झाईबु झाई गर्ने क्रममा उनले प्रहरीमाथि नै हातपात तथा अभद्र व्यवहार गरेपश्चात मालीलाई प्रहरीले पक्राउ गरेको हो । साथै घटनामा संलग्न सोही ठाउँ बस्ने २२ वर्षीय धर्मेन्द्र भगत माली हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments