लकडाउन उलंघन गर्दै भारत फर्किन लागेका ११ मुस्लिम पक्राउ

सोमवार, बैशाख २२, २०७७



काठमाडौं । लकडाउनको उलंघन गर्दै भारत फर्किन लागेका ११ जना भारतीय मुस्लिम पक्राउ परेका छन ।  सोमबार विहान महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै ११ भारतीय मुस्लिम पक्राउ परेका हुन् ।

जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडाध्यक्ष बलिराम रायले बताए ।

पक्राउ परेका उनीहरूले भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता घर भएको बताएका छन् । उनीहरुले महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया गाउँमा लामो समयदेखि जस्तापाताका भाडाकुँडा र ड्रम बनाउने काम गर्दै आएको बताएका छन् ।

लकडाउनको अवधि लामो हुँदै गएपछि खानपिनमा समस्या भएको भन्दै उनीहरु लुकेर आज मिर्मिरे बिहानीमै आफ्नो घरतिर जाँदै गरेको अवस्थामा सीमानाका मै पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरूलाई अहिले नेपाल प्रहरीले प्रहरीचौकी कट्टिकटैयामा लगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments