कुटपिट गरी घाइते बनाएको अभियोगमा ३ जना पक्राउ

आइतवार, बैशाख २१, २०७७



रामेछाप । दोरम्बा गाउँपालिका-२ रातोमाटा बस्ने ४४ वर्षीय पुरुषलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु १९ वर्षीय रोशन श्रेष्ठ, २९ वर्षीय लोक बहादुर श्रेष्ठ र २८ वर्षीय तुकलाल श्रेष्ठले रहेका छन् । सामान्य विवादको कारण मादक पदार्थ सेवन गरी छिमेकीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी
कार्यालय टोकरपुर र प्रहरी चौकी दोरम्बाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

घाइतेलाई स्वास्थ्य चौकी दोरम्बा हुँदै थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments