नियन्त्रित लागूऔषध सहित पक्राउ

बिहिबार, बैशाख १८, २०७७



मकवानपुर। हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे र चुरियामाईको बिचस्थित सडकबाट नियन्त्रित लागूऔषध १ सय एमएलको विनसिनरेक्स १ सय ५५ बोतल सहित हेटौंडा उपमहानगरपालिका-४ हुप्राचौरमा डेरा गरी बस्ने थाहा नगरपालिका-५ घर भएका ३१ वर्षीय
मान बहादुर थोकरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले रक्सौलबाट काठमाडौंतर्फ जाँदै गरेको ना.३ ख ६४६६ नम्बरको ट्याङकर जाँच गर्ने क्रममा ट्याङकरको तेल निकाल्ने लकिङ बक्समा लुकाइछिपाई राखिएको उक्त परिमाणको लागूऔषध सहित फेला पारी
ट्याङकर चालक थोकरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments