महिलालाई हातपात तथा कुटपिट गरेको अभियोगमा पक्राउ

बिहिबार, बैशाख १८, २०७७



बर्दिया । महिलालाई हातपात तथा कुटपिट गरेको अभियोगमा बारबर्दिया नगरपालिका-१ मधरहवा बस्ने २१ वर्षीय प्रकाश थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती महिला आफ्नै घरभित्र सुतिरहेको अवस्थामा जबरजस्ती करणी गर्ने उद्देश्यले थारु घरभित्र प्रबेश गरी महिलालाई हातपात गर्नुका साथै कुटपिट समेत गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको स्थानीय प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments