स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँ सहित एक जना पक्राउ

बिहिबार, बैशाख १८, २०७७



पर्सा । वीरगंज महागरपालिका-१६ रजतजयन्ती चौकबाट स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँ सहित सोही महानगरपालिका(१६ इनर्वागाउँ बस्ने २९ वर्षीय लालबाबु कुमार यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा अवैध वित्तिय कारोवार ९हुण्डी० भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले रक्सौलबाट वीरगंजतर्फ जाँदै गरेको ना.६२ प ९५७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार यादवलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments