कटुवा पेस्तोल सहित पक्राउ

बिहिबार, बैशाख १८, २०७७



बारा । बारागढी गाउँपालिका-१ सिपुरा टोल बस्ने ४० वर्षीय मनोज राय नेटुवालाई कटुवा पेस्तोल १ थान सहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments