प्रचण्डलाई गाली गलाैज गरेकाे अभियाेगमा रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ

बिहिबार, बैशाख १८, २०७७



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डलाई सामाजिक सञ्जालबाट निरन्तर गालीगलौज र आपत्तिजनक टिप्पणी गरेको अभियोगमा रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पत्रकार दीपक पाठक साइबर ब्युरोद्वारा पक्राउ गरेको छ ।

पाठकले अध्यक्ष प्रचण्डका विरुद्ध टिप्पणी गरेको भन्दै आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपालमा उजुरी गरिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जनाएका छन् । प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई पक्राउ गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments