लाठी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

सोमवार, बैशाख १५, २०७७



रुपन्देही । लाठी प्रहार गरी मायादेबी गाउँपालिका-१ धमौली बस्ने ४० वर्षीय राम नेवास लोधको हत्या गरेको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ५९ वर्षीय प्रमेश्वर धोबी र ३० वर्षीय राजमन लोध भन्ने केदार लोध रहेका छन् । सामान्य विवादको क्रममा उनीहरुले लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका राम नेवासको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले प्रमेश्वर र केदारलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments