नियन्त्रित लागूऔषध सहित एक युवक पक्राउ

आइतवार, बैशाख १४, २०७७



पर्सा । वीरगंज महानगरपालिका-१६ ईनर्वाबाट नियन्त्रित लागूऔषध कोरेक्स १२ पिस, नाईट्रोभेट ट्याबलेट १५ पिस र सिमप्लेक्स ट्याबलेट २० पिस सहित सोही महानगरपालिका-२ छप्कैया बस्ने २१ वर्षीय शेख अफरोजलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments