धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

सोमवार, चैत्र २४, २०७६



रामेछाप । गोकुलगंगा गाउँपालिका-६ बस्ने विशाल तामाङलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा ईलाम, ईलाम नगरपालिका-८ बस्ने ३३ वर्षीय जयराम लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लिखुतामाकोशी गाउँपालिका-६ खिम्तिस्थित तामाकोशी जन-जाग्रिति माविको कम्पाउण्ड लगाउने क्रममा सामान्य विवादमा लिम्बुले तामाङलाई दाउ प्रहार गर्दा घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खिम्तिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको
हो ।

घाइते तामाङलाई खिम्ति मेडिकल हुँदै थप उपचारको लागि मन्थलीतर्फ पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments