बुहारीको हत्या अभियोगमा सासु,ससुरा र बुहारी पक्राउ

आइतवार, चैत्र २३, २०७६



काठमाडौं । बुहारीको हत्या गरेको अभियोगमा बुहारीको हत्या अभियोगमा सासु,ससुरा र बुहारी पक्राउ  परेका छन ।

पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका-८ रामनगरी बस्ने ६० वर्षीय सुरेश पंडित, उनकी ५५ वर्षीया श्रीमती फुल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवी रहेका छन ।

 २५ वर्षीया बुहारी उर्मीला देवी पंडितलाई घरमा कर्तव्य गरी मारेर घाटमा लगेर दाह संस्कार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले शवको आधा भाग जलिसकेको अवस्थामा फेला पारेको हो ।

मृतकको श्रीमान विदेशमा रहेको भन्ने बुझिन आएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोल खटिई गई यस सम्बन्धमा थप अनुसन्धान
भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments