भरुवा बन्दुक सहित एक जना पक्राउ

बिहिबार, चैत्र २०, २०७६



सिन्धुली । तीनपाटन गाउँपालिका-६ उपिनथुम्का बस्ने ४१ वर्षीय जित बहादुर सुनुवारलाई भरुवा बन्दुक १ थान सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी वाङरिङबाट खटिएको प्रहरीले सुनुवारलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments