विदेश पठाइदिन्छु भन्दै १० लाख ५३ हजार ठगी गर्ने पक्राउ

मङ्लबार, चैत्र ४, २०७६



काठमाडौं । “दुबई पठाईदिन्छु भनी ठगी गर्ने एक व्यक्ती पक्राउ” परेका छन । पक्राउ पर्नेमा बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नम्बर-०४ खुङ्गा स्थायी घर भई हाल
काठमाडौं रानीवन बस्ने प्रेम बहादुर घर्ती मगरको ३८ वर्षिय छोरा शिव कुमार घर्ती मगर रहेका छन ।

मगरले वैदेशिक रोजगारको सिलसिलामा दुबईमा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्‍वास दिलाई विभिन्न मितिहरुमा ९ जना व्यक्तिहरुबाट जम्मा नगद दश लाख त्रिपन्न हजार एक सय लिई सम्पर्क विहीन भएका थिए । भई अलपत्र पारी रकम ठगी गरेको भनि खगेन्द्र चौधरी समेतले विभिन्न मितिमा प्रहरीमा जाहेरी दिएका थिए

अनुसन्धानको क्रममा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले निज शिव कुमार घर्ती मगरलाई साेमबार तीन  बजेको समयमा काठमाडाै महानगरपालिका  वडा नं २६ गंगबुचोक बाट पक्राउ गरेकाे हाे । उनलाइ मगलबार  महानगरीय प्रहरी परिसर काठमाण्डौ टेकुमा आवश्‍यक थप अनुसन्धान तथा कारवाहीको लागी पठाईएको प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments