१० लाख थान भन्दा बढि मास्क सहित सात व्यापारी पक्राउ

सोमवार, चैत्र ३, २०७६



काठमाडौं । विश्वमा कोरोना भाइरसको सन्त्रास बढेसँगै मास्कमा कालोबजारी मौलाउँदै गएको छ ।  प्रहरीले पछिल्लो दिनमा मास्क सहित व्यापारीहरुलाई पक्राउ गर्न थालेको छ ।

प्रहरीले सोमबार सतुङगल र कपनबाट १० लाख ४० हजार थान मास्क बरामद गरेको छ। प्रहरीले गोप्य सुचनाका आधारमा उक्त मास्क सहित ७ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परीसरले जनाएको छ ।  प्रहरीका अनुसार आइतबार बढी मूल्यमा बिक्री गरेर लैजादै गरेको अवस्थामा सोमबार बिहान महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीको टोलीले आरडीजी सप्लायर्सका सञ्चालक सुरज गोयल र सुवास महेश्वरी गोयललाई पक्राउ गरेको हो । गोयलले आफ्नो गोदाममा लुकाएर राखेको १७७ बोरा मास्क प्रहरीले बरामद गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

आरजेडी सप्लायर्सले २२ लाख रुपैयाँमा चीनबाट किनेर ल्याएको मास्क नेपाली बजारमा उच्च मूल्यमा बेचेको देखिएकपछि सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो। मास्कसहित पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाडाैमा बुझाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments