१४ जना जुवाडे पक्राउ

आइतवार, चैत्र २, २०७६



काठमाडौं ।    नागार्जुन नगरपालिका-८ भिमढुङ्गास्थित दिपकराज भट्टराईको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका-९ घर भई हाल नागार्जुन नगरपालिका-८ बस्ने ३० वर्षीय लिला बहादुर तामाङ लगायत ६ जनालाई नगद २६ हजार ७ सय र १२ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै, पोखरा महानगरपालिका-११ भानुमार्गस्थित प्रेम बहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-११ फुलवारी बस्ने ४३ वर्षीय चक्र बहादुर गुरुङ लगायत ८ जनालाई ४३ हजार ९ सय ८५ रुपैयाँ र ४ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments