अवैध लागूऔषध सहित चार जना पक्राउ

मङ्लबार, फाल्गुन २०, २०७६



काठमाडौं । कास्की, पोखरा महानगरपालिका-१३ मियापाटनबाट नियन्त्रित लागूऔषध डाइजेपाम २८ एम्पुल, नुर्फिन २८ एम्पुल, फेनारगन ३० एम्पुल र ३ थान मोबाइल सहित दुई  जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मादी गाउँपालिका-१२ भगवतिटार घर भई पोखरा महानगरपालिका-३१ शिशुवा बस्ने २४ वर्षीया बिमला नेपाली र उनकै श्रीमान २१ वर्षीय विशाल नेपाली रहेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै सिरहाकाे  लहान नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा ११ ग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ८१ ट्याब्लेट र मोबाइल २ थान सहित सिरहा जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-५ बस्ने २१ वर्षीय दिपेन्द्र कुमार यादव र २१ वर्षीया विपना मानन्धर रहेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments