छुरा प्रहार गर्ने पक्राउ

शुक्रबार, फाल्गुन १६, २०७६



ललितपुर । धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन ।  पक्राउ पर्नेमा ललितपुर महानगरपालिका(५ लगनखेल बस्ने दोलखा घर भएका ३० वर्षीय बिकास आचार्य रहेका छन।

सामान्य बिबादमा उनले ललितपुर महानगरपालिका-५ लगनखेल बस्ने दोलखा घर भएका २४ वर्षीय सन्तोष खातीलाई छुरा प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते सन्तोष खातीको पाटन अस्पतालमा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments