तीन थान बाघको छाला सहित दुई जना पक्राउ

बुधबार, फाल्गुन १४, २०७६



ललितपुर । बाघको छाला सहित दुई जना पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर, ललितपुरबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो ललितपुर महानगरपालिका लगनखेल बसपार्कबाट तीन थान  बाघको छाला सहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ओखलढुङ्गा खिजिदेम्बा-५ घर भई काठमाण्डौ आरुवारी बस्ने वर्ष २६ को दिपेन्द्र तामाङ र झापा बारदसी गाँउपालिका-१ घर भई हाल काठमाडाै कपन बस्ने  २२ वर्षीय  रोशन कामी रहेका छन् । गाेप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले वन्यजन्तु बाघको छाला तीन थान बोकी हिडिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको  प्रहरीले  जनाएकाे छ ।  उनीहरू माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments