रेड पाण्डाकाे छाला सहित चार जना पक्राउ

मङ्लबार, फाल्गुन १३, २०७६



काठमाडौं । अति दुर्लभ मानिने रेडपाण्डाको छाला सहित चार जना पक्राउ परेका छन ।  पक्राउ पर्नेमा  सिन्धुली जिल्ला तिनपाटन गाउपालिका वडा नं ४ घर घर भई काठमाडौं कपन पैयुटार बस्ने ३९ वषीय सुर्य बहादुर भुजेल,धादिङ जिल्ला धुनिबेशी नगरपालिका ७ झाप्रे घर भई हाल ललितपुर ढोलाहिटी बस्ने ४० वर्षीय सुक बहादुर लामा रहेका छन ।

त्यस्तै कास्की मादी घर भई काठमाडौं गौशला बस्ने ३७ वर्षीय युवराज सापकोटा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ का ४० वर्षीया कमला तामाङ रहेको मेट्रो प्रहरीले जनाएको छ ।

काठमाडौंको कपन खरिबोट एरियामा सुर्य बहादुर भुजेल समेतका ब्यक्तीहरुले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला अबैध रुपमा ओसारपसार गरी ल्याई अबैध बिक्री गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्ने क्रममा सुर्य बहादुर भुजेलले पछाडी बोकेको कालो रंगको ब्याग भित्र निलो प्लाष्टिकमा बेरिएको अबस्थामा दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला फेला परेकाे हाे ।

red

उनीहरुकाे साथबाट बरामद भएकाे रेड पाण्डाकाे छाला एक थानसिहत  आबश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार काठमाण्डौं पठाईएको प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments