लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

मङ्लबार, फाल्गुन १३, २०७६



काठमाडौं।  लागूऔषध मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-३ थानकोट बस्ने ५६ वर्षीय श्रीराम श्रेष्ठलाई सोही नगरपालिका-६ बाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०४३ साउन १३ गतेको फैसलाले लागूऔषध मुद्दामा ३ वर्ष कैद सजाय र १ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरिएको उक्त वृत्तले जनाएको छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments