प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खाेज्ने ६ जना पक्राउ

सोमवार, फाल्गुन १२, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने ६ जना युवाहरु पक्राउ परेका छन ।   आइतबार प्रधानमन्त्री ओलीले बर्थडेको दिनमा राजा महाराजाको जस्तो शानका साथ देशको आर्थिक हिनामिना र नेपालको नक्सालाई केक बनाएर बर्थ डे बनाएको भन्दै विरोध गर्नेहरु पक्राउ परेका हुन ।

गण्डकी प्रदेशको पोखरामा जाँदै गर्दा प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलमा कालो झण्डा देखाउ तयारी अवस्थामा रहेका समाजवादी निकट विद्यार्थी नेत्र चापागाईं सहित ४ जना र २ जना नेविसंघ समर्थित कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ । प्रधानमन्त्री ओली कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आएका हुन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments