लागूऔषधसहित दुई भारतीय पक्राउ

बिहिबार, जेष्ठ ३, २०७५



काठमाडौ‌ । नेपाल प्रहरी, लागूऔषध नियन्त्रण ब्यूरोले एक हजार ५०० एम्पुल लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले भारतीय गाडीमा लागूऔषध लुकाएर ल्याउँदै गरेका भारत चम्पारणका जितेन्द्र कुमार र विहारका सनोज कुमारलाई बुधबार काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट पक्राउ गरी विहीबार सार्वजनिक गरेको हो ।

उनीहरुले भारतीय नम्बर प्लेटको टाटा सुमोमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुसँग ५०० एम्पुल डाइजेपाम, ५०० एम्पुल नुर्फिन र ५०० एम्पुल फेनार्गन बरामदसमेत गरेको छ । पक्राउ परेका दुवैमाथि कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

82 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank