बैदेशिक राेजगारकाे प्रलाेभनमा ३२ जनालाई ठग्ने पक्राउ

आइतवार, फाल्गुन ११, २०७६



काठमाडौं । टर्कि र ग्रीस पठाईदिन्छु भनी ३२ जनालाई ठगि गर्ने व्यक्ति पक्राउ परेका छन ।  जिल्ला मोरङ रतुवामाई नगरपाकिला वडा नं ०६ बुधबारे घर भई हाल काठमाडौं महानगरपालिका वडा नं ६ चुच्चेपाटी बस्ने कस्यप नाथ उपध्याय पोखरेलको छोरा ५२ वर्षीय कमल प्रसाद पोखरेल पक्राउ परेका हुन ।

वैदेशिक रोजगारको सिलसिलामा टर्कि र ग्रीस वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्‍वास दिलाई विभिन्न मितिहरुमा ३२ जना व्यक्तिहरु समेतको जम्मा नगद रु ३९,५६,०००  (अक्षरुपी उन्नचालिस लाख छप्पन्न हजार ) लिई फरार  सम्पर्क विहीन भई फरार भई अलपत्र पारी रकम ठगी गरेको भन्ने उजुरीका अाधारमा  पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

 गोपि राम पराजुलीले यस कार्यालयमा  जाहेरी दिएकोमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले निज कमल प्रसाद पोखरेललाई खोज तलास गर्ने क्रममा फागुन ८  गते काठमाडाै‌ महानगरपालिका वडा नं १२ टेकुमा फेला पारी पक्राउ गरि  वैदेशिक रोजगार विभाग बुद्वनगर,काठमाडाैमा आवश्‍यक अनुसन्धान तथा कारवाहीको लागि पठाइएकाे प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments