८ जुवाडे पक्राउ

आइतवार, फाल्गुन ११, २०७६



काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ८ जना जुवाडे पक्राउ परेका छन । काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित दिपक कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५८ वर्षीय विजय राई सहित ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद २६ हजार ४ सय ५० रुपैयाँ र २ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments