गुण्डा नाइके लामा पक्राउ

मङ्लबार, फाल्गुन ६, २०७६



काठमाडौं । मादक पदार्थ सेवन गरि प्रहरीसँग लफडा गर्ने गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनलाई गएराति लाजिम्पाटबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

उनी काभ्रेली गुन्डा समूहका सदस्य हुन् । उनले होटल सांग्रिलाबाट मादक पदार्थ सेवन गरेर जाने क्रममा प्रहरीसँग विवाद गरेको बताइएको छ ।सत्यमान यसअघि पनि पटक पटक लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबार पक्राउ परिसकेका छन् । सत्यमान काभ्रेकी सांसद् नवीना लामा निकट मानिन्छन् । उनलाई नवीनाले दुई–तीन पटक जिम्मेवारी लिएर छुटाइसकेकी छिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments