जिल्ला हुलाक कार्यालय बझाङका प्रमुख अख्तियारको नियन्त्रणमा

शुक्रबार, फाल्गुन २, २०७६

- दिपक राज जोशी



बझाङ । जिल्ला हुलाक कार्यालय बझाङका कार्यालय प्रमुख रणबहादुर कठायतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । हुलाक बचत बैकको रकम अनियमितता आरोपमा कठायतलाई आयोगको केन्द्रीय कार्यालय टङ्गालले सोधपुछका लागि नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।

हुलाक बचत बैकको करिव दुई करोड २० लाख रकम  अनियमितताको आरोपमा तत्कालिन हुलाक कार्यालयका खरिदार शिवराज उपाध्यायलाई समेत नियन्त्रणमा लिएको छ । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे अख्तियारले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments