तीन नक्कली प्रहरी पक्राउ

बुधबार, माघ २९, २०७६



कैलाली । प्रहरी हौं भन्दै रकम असुल्दै गरेका तीन जना नक्कली प्रहरी पक्राउ परेका छन । पक्राउ पर्नेमा बझाङ खप्तड छान्ना गाउँपालिका- १ घर भइ हाल धनगढी उपमहानगरपालिका- ७ मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका- ५ हसनपुर बस्ने ३५ वर्षीय गौरव हमाल र कन्चनपुर पुनर्वास नगरपालिका- ५ घर भइ धनगढी उप महानगरपालिका १ बस्ने ३३ वर्षीय किशन सिजापती पक्राउ रहेका छन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार माघ २ गते धनगढी उपमहानगरपालिका ३ बडहरा घर भइ मिलनचोक स्थित चन्द्रभान शर्माले संचालन गरेको रिक्सा, साइकल मर्मत पसलबाट उनीहरुले आफूहरु जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी भएको भन्दै रकम असुली गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments