किर्ते गरेको अभियोगमा मालपोतका खरिदार पक्राउ

सोमवार, माघ २७, २०७६



काठमाडौं । सरकारी कागजातलाई किर्ते गरेको अभियोगमा सप्तरीबाट एक कर्मचारी पक्राउ परेका छन ।  राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालय मालपोत शाखामा कार्यरत खरिदार नबिन विश्‍वकर्मा पक्राउ परेका हुन ।

डाक्नेश्वरी नगरपालिका ९ बस्ने ७६ वर्षीय फुरन चौधरी थारुले विश्वकर्मा विरुद्ध लिखित रुपमा किर्ते गरेको भन्दै उजुरी दर्ता गरेका थिए ।  प्रहरीले विश्कर्मा विरुद्ध जिल्ला अदालतमा किर्ते जालसाँक्षीको मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments