लागूऔषधसहित चार जना पक्राउ

शनिबार, बैशाख १५, २०७५



काठमाडौं ।  अवैध लागूऔषध सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुममा मोरङ बेलवारी नगरपालिका ८ का २७ वर्षीय सरोज थापा, चितवन भण्डारा नगरपालिका(८ का २२ वर्षीय रिगम श्रेष्ठ र ललितपुर गोदावारी नगर्पालिका ३ बस्ने २७ वर्षीय आकाश तामाङलाई लागूऔषाध चरेश करीव १ सय ७० ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई काठमाडौं महानगरपालिका २६ ठमेलस्थित जष्ट जुस सेख क्याफेबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौं चन्द्गागिरी नगरपालिका(२ नागढुंगा चेकपोष्टमा सवारी साधन जाँच गर्नेक्रममा लम्जुङबाट काठमाडौं आउँदै गरेको बा.१७ च ३१५४ नम्बरको कारमा सवार ललितपुर१४ थसीखेल बस्ने ५० वर्षीय गौतम सुब्बालाई झोलामा लुकाई छिपाई राखेको ७ सय ग्राम लागूऔषध गाँजा सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

54 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank