“गैंडाको खाग सहित दुई जना पक्राउ”

बिहिबार, माघ १६, २०७६



काठमाडौं । काठमाडौंको चाबहिल एरियामा लब खत्री समेतका व्यक्तीले दुर्लभ बन्यजन्तु गैंडाको खागको अवैध रुपमा ओसारपसार गरी ल्याई २५ लाखमा विक्री गर्न लागेको भन्ने गोप्य सूचनाका आधारमा दुई जना पक्राउ परेका छन ।

प्रहरीले उक्त सूचनाको आधारमा लब खत्री समेतका मानिसहरुलाई खोजतलास गर्दै जाने क्रममा बुधबार साँझ काठमाडौं महागरपालिका वडा नं ७ चाबहिलबाट लब खत्री र दिनेश थापालाई पक्राउ गरेको हो । उनीहरुको डेरामा खानतलासी गर्ने क्रममा गैडाको खाग थान १ फेला परेकाे प्रहरीले जनाएकाे छ । गैडाकाे खाग समेत उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments