देहव्यापारको आरोपमा वडा अध्यक्ष सहित तीन पक्राउ

बिहिबार, माघ १६, २०७६



काठमाडौं । अनैतिक क्रियाकलापमा संग्लग्न रहेको आरोपमा वडा अध्यक्ष सहित तीन जना पक्राउ परेका छन ।  प्रकाउ पर्नेमा काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्का, काठमाडौंकै व्रिजगोपाल श्रेष्ठ र भारत मोतिहारी घर भएका नवल ठाकुर रहेका छन्।

उनीहरु विरुद्ध एक महिलाले देहव्यापाको उजूरी दिएकी थिएन ।  उनीहरुलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका तीन जना विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको गरेको आरोप नौ दिनको म्याद थप्दै अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments