तस्करी समात्न गोली प्रहार, तीन जना तस्करका साथै गाँजा समातियो

बुधबार, माघ १५, २०७६



काठमाडौं । तस्करीलाई समात्न प्रहरीले गोली चलाएको छ । मंगलबार राती हेटौंडा प्रहरीले मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बीआर ०६ जे ४४५८ नम्बरको कार चेक जाँज गर्न खोज्दा कार नरोकेर भागेपछि प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको थियो ।

मनहरी चेक पोस्ट, नेवारपानी चेक पोस्ट र लेवट चेक पोस्टमा रोक्न खोज्दा नरोकि भागेको थियो ।  प्रहरीले गोली प्रहार गरि कारमा सवार भारत मुजफ्फरका ३५ वर्षीय कार चालक संजित पासवान, कारमा सवार ३५ वर्षीय अजैमल हवारी र ४५ वर्षीया जाहेरा खातुनलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जनाएका छन ।
कारलाई चेकजाँच गर्दा ३२ किलो गाँजा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।  घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाउको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments