२२ लाख नगद सहित वडा अध्यक्ष जुवाखालबाट प्रकाउ

सोमवार, माघ १३, २०७६



काठमाडौं । कैलालीको गोदावरी नगरपालिका-१० का अध्यक्ष गुड्डु भनेर चिनिने रविन्द्र शाहीसहितका १६ जना जुवाखालबाट पक्राउ परेका छन ।  नेपाली कांग्रेसका तर्फबाट गोदावरी नगरपालिका–१० बाट विजयी वडा अध्यक्ष शाही सहित जुवाडेको साथबाट २२ लाख ८२ हजार नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले जनाएका छन ।
पक्राउ परेकाहरु अन्य व्यक्तिले नाम र ठेगाना गलत बताएको आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई आज पत्रकार सम्मेलन गर्र्दै सार्वजनिक गर्ने तयारी रहेको प्रहरीले बताएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments