२५ हजार घुस सहित विद्युत प्राधिकरण दुई कर्मचारी पक्राउ

शुक्रबार, माघ १०, २०७६



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २५ हजार घुस रकम सहित नेपाल विधुत प्राधिकरणका दुई कर्मचारीलाई पक्राउ गरेको छ । विजुलीको पोल राखिदिने विषयमा सेवाग्राहीसँग घुस मागिरहेको आरोपमा अख्तियारको टोलीले घुस रकम सहित नियन्त्रणमा  लिएको हो ।

नेपाल विद्युत प्राधिकरणको कुलेश्वर विद्युत वितरण केन्द्र काठमाडौंबाट कृष्ण मुरारी चौधरी र बिजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने पुरुषोत्तम दाहाललाई पक्राउ  परका हुन । सेवाग्राहीसँग २५ हजार घुस सहित गुडफुड तन्दुरी अगाडीबाट रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments