नगद सहित ९ जना जुवाडे पक्राउ

बुधबार, माघ ८, २०७६



काठमाडौं । महानगरीय प्रहरी प्रभाग कपनले जुवातास खेल्ने ९ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले गोकर्णेश्वर नगरपालिका ४ माकलबारी बसपार्क नजिक एक घरमा जुवातास खेलिरहेको अबस्थामा जोरपाटी बस्ने सिन्धुलीका अमरजन खत्री सहित ९ जनालाई पक्राउ गरेकाे हाे ।

उनीहरुकाे साथबाट नगद २ लाख ५२ हजार ३ सय ५ रूपैया बरामद भएकाे छ । घटनाकाे सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments