पाँच हजार घुस सहित प्रहरी जवान पक्राउ

बुधबार, माघ ८, २०७६



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार घुस सहित एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार बिहान पाँच हजार घुससिहत सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई पक्राउ गरेको हो ।

घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान ल्याउन सहयोग गरिदिने भन्दै स्थानीयवासीसँग लिएको घुससहित यादवलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments