सार्वजनिक बसमा सवार महिला यात्रुलाई अभद्र व्यवहार गर्ने चालक पक्राउ

मङ्लबार, पुस २९, २०७६



ललितपुर ।  सार्वजनिक बसमा सवार महिला यात्रुलाई अभद्र व्यवहार गरेको अभियोगमा एक सवारी चालक पक्राउ परेका छन ।  उदयपुर कटारी घर भएका बा‍.२ ख ९३२४ नम्बरको बस चालक भक्तपुर सानोठिमी बस्ने २५ वर्षीय मिलन दाहाललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त बसमा लगनखेलबाट न्यूरोडतर्फ एक्लो यात्रु भई जाँदै गरेकी महिलालाई दाहालले बसभित्रै उनको मोबाइल समेत नियन्त्रणमा लिई अभद्र व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले  काठमाडौं ढल्कुबाट दाहाललाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments