सार्वजनिक बसमा हस्तमैथुन गर्ने युवक एक वर्षपछि पक्राउ

मङ्लबार, पुस २९, २०७६



काठमाडौं । सार्वजनिक बसमा हस्तमैथुन गर्दै महिलाको कपालमा विर्य स्खलन गर्ने युवक एक वर्षपछि पक्राउ परेका छन ।  महानगरिय प्रहरी परिसरले सार्वजनिक बसमा यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने २१ वर्षीय रवीन रुचाल (सार्कि)लाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

एक वर्ष अघि लगनखेल–स्वयम्भूरडल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा हस्तमैथुन गरी वीर्य स्खलन गरेको भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै अधिकारवादी संघसंस्थाले त्यसको विरोध गर्दै जाहेरी परेकाे  थियाे ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले अभियुक्तलाई सोमबार चितवनबाट पक्राउ गरेको बताए । भिडियो भाइरल बनेसँगै पक्राउ हुने डरले भारतमा बस्दै आएका सार्की चितवनमा लुकिछिपी बसेको भन्ने जानकारी पछि पक्राउ परेको प्रहरीले जनाएको छ ।  आरोपीत सार्कीले पैसा कमाउने उद्धेश्यले उक्त कार्य गरेको प्रहरीसँगको बयानमा भनेको एसएसपी थाले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments